काठमाण्डौं-स्वदेशी लगानीबाट निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य करिब ९१ प्रतिशत सम्पन्न भएको छ । यद्यपि मसिनो र मिहिनेत लाग्ने, खालका काम जस्तै उपकरण जडान तथा मुख्य सुरुङ मार्गको फिनिसिङ, इलेक्ट्रोमेकानिल र हाइड्रोमेकानिकलका काम बाँकी भएकाले आयोजनाले व्यावसायिक उत्पादन दिन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजनाबाट ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।


ADVERTISEMENT


आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार विद्युत् आयोजनाका लागि निकै समय लाग्ने र गुणस्तरीयताका लागि काम अझै बाँकी रहेकाले संरचनागत अधिकांश काम सम्पन्न भइसकेको भए पनि आयोजनाबाट व्यावसायिक उत्पादन लिन सन् २०१८ को डिसेम्बर महिनासम्म कुर्नैपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


पाँच वर्ष दस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको यो आयोजना गत दुई वर्षअघिको बिनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले झण्डै अढाई वर्ष पछाडि धकेलिएको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सोमबार बताए, खास मिहिनेत लाग्ने काम बाँकी छ । पावर हाउसका युनिटका इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको काम भइरहेको छ, टनेल बे्रक थ्रु भएपछि यसको फिनिसिङ गर्ने काममा पनि निकै समय लाग्छ ।

झट्ट हेर्दा आयोजनाका ठूलाठूला काम र संरचना निर्माण सम्पन्न भइसकेको देखिए पनि अन्य धेरै काम बाँकी छन । त्यसलाई पनि निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ द्रूत गतिमा काम भइरहेको छ ।  आयोजनाको आठ किलोमिटर ४० मिटर मुख्य सुरुङमार्गमध्ये अब ६० मिटर मात्र खन्न बाँँकी रहेको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए, यही कात्तिक अन्तिमसम्म सुरुङको ब्रेक थ्रु हुन्छ होला, ढिलोमा मङ्सिरको पहिलो हप्ताभित्र हामी सुरुङको ब्रेक थ्रु गछौं ।

सिभिल कार्यतर्फ हेडवक्र्सका मुख्य संरचनाहरूमा विशेष गरी डाइभर्सन बाँध, इन्टेक र बालुवा थिग्र्याउने पोखरीको सिभिल कार्य अन्तिम चरणका पुगेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । पावरहाउस तर्फका मुख्य कामहरू पनि करिब करिब सम्पन्न भइसकेका छन् । छ वटा युनिटमध्ये चारवटामा लगातार काम भइरहेको छ, प्रवक्ता डा. न्यौपानेले बताए ।

उहाँका अनुसार आयोजनाको ३० एमभीए क्षमताका ११ वटा सिङ्गल फेज पावर ट्रान्सफर्मरमध्ये आठवटा आयोजनास्थललसम्म ढुवानी गरी सकिएको छ । विद्युत् गृहका मूख्य उपकरणमध्ये जेनेरेटरका केही पार्टपुर्जाहरू पनि आयोजनास्थलसम्म ढुवानी भइसकेका छन् । आयोजनाको विद्युत् गृह गोँगरदेखि खिम्तिसम्मको ४७ किलोमिटरको २२० केभी प्रसारण लाइनमा १२७ वटा टावर राखिने छन् । सोमध्ये ११८ वटा टावरको जग हाल्ने काम भइसकेको छ भने ९६ वटा टावरहरू पूर्ण रूपमा जडान गरिसकिएको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार ९६ वटा टावरमा अर्थिङको कार्य सम्पन्न भई करिब आठ किलोमिटर तार तान्ने काम पनि पूरा भइसकेको छ ।

श्रेष्ठले बताए, सुरुङमा पानी हाल्ने बेलासम्म पावर हाउसका कम्तीमा चार युनिटबाट व्यावसायिक उत्पादन गर्न सक्ने र उत्पादित बिजुली प्रसारण लाइनमा जोड्न सक्ने गरी प्रसारण लाइन बनिसक्छ । आयोजनाका सबै कामहरू सन्तुलन मिलाएर हामीले अगाडि बढाएका छौँ । कुनै काम नभएका कारणले निर्धारित समयमा आयोजनाबाट व्यावसायिक उत्पादन रोकिँदैन ।

सडक विभागले यो क्षेत्रमा गर्न थालेको बाटो विस्तारले गर्दा ढुवानीको समस्या भएको र आयोजनाका काम प्रभावित भइरहेका छन् । लामुसाँघुदेखि चरिकोटसम्म र दोलखादेखि सिँगटीसम्मको सडक विस्तारले आयोजनाका उपकरण र मेसिन औजार ढुवानी गर्न निकै कठिनाइ भएको प्रवक्ता डा. न्यौपाने बताए । सडक बनाउन सुरु गरिएको तर कछुवा गतिमा काम हुने ठेक्का प्रणालीको पीडा यो आयोजनाले भोगिरहेको छ । सडक निर्माणका कारणले दायाँ बायाँ किनार भत्किँदा मेसिन, उपकरणको ढुवानी प्रभावित हुन थालेपछि आयोजना आफैले बिग्रे भत्केको ठाउँको सडक मर्मत गर्दै उपकरण बोकेको कन्टेनर आयोजनास्थलसम्म पु¥याउने कार्य भइरहेको छ ।

डा. न्यौपानेले बताए, आयोजनाका ठूल्ठूला उपकरण बोकेका कन्टेनर आउनै नसक्ने भएपछि आयोजनाले नै बाटो बनाएर ढुवानी गर्न थालिएको छ । यसमा पनि धेरै समय खर्चिनु पर्दा निर्धारित योजना अनुसार काममा अझै केही ढिलाइ हुन थालेको छ । सुरु लागत अनुमान ३५ अर्ब २९ करोड रुपियाँ भए पनि भूकम्प, नाकाबन्दी तथा कच्चा पदार्थको महँगीले आयोजनाको लागत बढ्ने देखिएको छ ।