काठमाण्डौं-मलेसियामा नोभेम्बर ११ देखि २० सम्म सञ्चालन हुने एसीसी एसियाकप क्रिकेट खेल्न नेपाली किशोर टोली आज आयोजना स्थल प्रस्थान गर्दैछ ।


ADVERTISEMENT


साताव्यापी अभ्यास खेलेर बंगलादेशबाट हिजो काठमाण्डौ आएको टोली आज क्वालालाम्पुर जान लागेको हो । १५ खेलाडी र ५ अफिसियलसहितको टोली राती ११ बजेर ५५ मिनेटमा काठमाण्डौबाट मलेसियाका लागि जाने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए।


ADVERTISEMENT

# # #


८ राष्ट्र सहभागी प्रतियोगिताको समुह एमा रहेको नेपालले शनिबार बंगलादेशसंग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

दोस्रो खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने नेपालले समुह चरणको अन्तिम खेलमा आगामी मंगलबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । समुहका शीर्ष २ टोली प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् ।