चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(इपिएल)का लागि काठमाडौं किग्सं इलाभेनले टीम घोषणा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं किग्सं इलाभेनले कप्तान सन्दीप लामिछाने र पाकिस्तानी टीमका पूर्वकप्तान शादिह अफ्रिदी सहितको टीम घोषणा गरेको हो । खेलमा अफ्रिदीले १० नम्वरको जर्सी लगाएर खेल्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा अफ्रिदीले नेपालीहरूले गरेको न्यानो स्वागतबाट आफु निकै खुसी भएको बताए ।


ADVERTISEMENT

# # #


उनले यसपटक एभरेस्ट प्रिमियर लिगमा पुरै सिजन नभएर केवल दुई खेल मात्रै खेल्ने पनि जानकारी दिदै नेपाली क्रिकेटलाई आवश्यकता परेको समयमा आफुले सँधै साथ दिने बताए । आफु केवल क्रिकेट खेल्न मात्र नभएर नेपाल र पाकिस्तान बीचको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउनसमेत आएको अफ्रिदीले बताए ।

त्यस्तै काठमाडौं किंग्स इलेवनका कप्तान सन्दीप लामिछानेले आफ्नो टिम इपीएलका लागि तयारी रहेको र टिम उत्कृष्ट रहेको बताए । पाकिस्तानी अलराउण्डर शाहिद आफ्रिदी आउनले टिममा राम्रो प्रभाव परेको उनले बताए ।

काठमाडौं किंग्स इलेवनले शनिबार इपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध खेल्दैछ । असोज ९ देखि २५ गतेसम्म हुने लिगमा ६ टिमले प्रतिष्पर्धा गर्नेछन् । खेल टियु खेल मैदान कीर्तिपुरमा हुने छ ।