काठमाडौँ – पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले नेपाली क्रिकेटको विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अफ्रिदीले नेपाल क्रिकेटका लागि आफू चाहिएको खण्डमा आउन तयार रहेको बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘जहिले नेपाल क्रिकेटको मलाई आवश्यकता पर्छ, म अवश्य यहाँ आउनेछु र सहयोग गर्नेछु ।’ अफ्रिदीले यसपटक आफू नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आएको बताए । नेपालको सत्कारमा मन्त्रमुग्ध भएका उनले नेपाल निकै सुन्दर देश भएकाले अर्को पटक आफू आफ्नो परिवार नै लिएर आउने बताए ।


ADVERTISEMENT

# # #


अफ्रिदी शनिबारदेखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएलल) टी–२० क्रिकेट प्रतियोगिताका लागि काठमाडौँ किंग्स–११ मा आवद्ध भएका छन् । अफ्रिदीले कार्य व्यस्तताका कारण ईपीएलमा दुईवटक मात्रै खेल खेल्ने बताए ।

उनले भने, ‘यस पटक म दुईवटा खेल मात्रै खेल्नेछु । अर्को पटक आउँदा म पूरै प्रतियोगिता खेल्नेछु, नत्र म आउने छैन ।’ उनले काठमाडौँका कप्तान सन्दीप लामिछानेलाई शुभकामना दिँदै मैदान भित्र र मैदान बाहिर आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

ईपीएलको उद्घाटन खेलमा काठमाडौँले भोलि साबिक विजेता ललितपुर प्याट्रियट्सविरुद्ध खेल्दैछ ।