काठमाडौँ – उद्योगी, साहित्यकार तथा नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ । दुबईमा रहेका उनलाई शुक्रबार हृदयघात भएको थियो ।


ADVERTISEMENT


हृदयघातभएसँगै चौधरीको दुबईस्थित एक अस्पतालमा शल्यक्रिया गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ । केही दिन अघि नर्भिक अस्पतालमा ‘एन्जियोग्राफ’ गर्दा मुटुमा समस्या देखिएको थियो ।


ADVERTISEMENT

# # #