काठमाडौं – एनसेल अजियाटा लिमिटेडले भोलि देखि काठमाडौँमा सुरु हुने बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितासँग सहकार्य गरेको छ । ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको हो ।


ADVERTISEMENT


क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वासका साथ ईपीएलमा आवद्ध भएको एनसेलले जनाएको छ । ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।


ADVERTISEMENT

# # #


आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ ।

६ टिमले प्रतिस्पर्धा गर्ने ईपीएल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने बताइएको छ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो ।

ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ ।

छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा प्रवर्द्धकको रूपमा स्थापित भएको छ । पाकिस्तानी क्रिकेट हस्ती शाहिद अफ्रिदी लगायतका विश्व क्रिकेटका प्रख्यात खेलाडी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।