कंचनपुर – भक्तजनले मन्दिरमा चढाएको घण्टी चोरी गर्दै बेच्ने हार्डवेयरमा प्रहरीले छापा हानेको छ ।


ADVERTISEMENT


प्रहरीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी हार्डवेयरमा छापा मारेर ठूलो परिणाममा घण्टी नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #


मन्दिरमा चढाएका पुराना घण्टी बिक्री गरेको सूचनाको आधारमा पुगेको प्रहरीले ठकुराठी हार्डवेयरमा छापा मारेर ठूलो परिणाममा घण्टी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।

गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताए । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।

नियन्त्रणमा लिएका घण्टीमा भक्तजनहरूको नाम लेखेको पाइएको बताउदै डिएसपी न्यौपानेले थप अनुसन्धान भइरहेको बताए ।