काठमाडौं – समृद्धि फाइनान्सको सञ्चालक पदमा सुजन अधिकारी नियुक्त भएका छन् ।


ADVERTISEMENT


उनी नेपाल पेट्रोलियम ट्रेड लिंक प्रालिबाट मनोनित भएका हुन् । सञ्चालक समितिको भाद्र ३० गते बसेको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको हो । उनलाई आश्विन ५ गते संस्थाको शाखा कार्यालय पुतलीसडक काठमाडौंमा एक कार्यक्रमका बिच सञ्चालक समितिका अध्यक्ष विनोद कुमार सुवेदीले स्वागत गरे ।


ADVERTISEMENT

# # #


समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु पनि प्रदान गरिरहेको छ ।

संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जनाइएको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने संस्थाले जनाएको छ ।