काठमाडौँ – सरकारले देशभरका सार्वजनिक यातायातमा नयाँ भाडादर लागू गरेको छ ।


ADVERTISEMENT


भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । तर, अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेकोले भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिइ प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले जनाएको छ ।

छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।

विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको हो। विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

यस्तो छ, नयाँ भाडादर कार्यन्वयन सूची