बर्दिया – बर्दिया जिल्लाको एक किसानको पशुपन्छी फार्ममा चितुवाले विध्वंस मच्चाएको छ ।


ADVERTISEMENT


गुलरिया नगरपालिका वडा नं ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले चलाएको फार्ममा रातको समय चितुवाले विध्वंश मच्चाएको हो ।


ADVERTISEMENT

# # #


चितुवाको आक्रमणबाट पौडेलका करीब २२ वटा खसी तथा बाख्रा मारेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले घटनास्थल पुग्दा सबै बाख्रा खसी मरेको पाएको छ ।

यस विषयमा अन्य विस्तृत विवरण बुझ्ने कार्य भइरहेको प्रहरी उपरिक्षक गोपाल पोडेलले जानकारी दिए ।

घटना आइतबार रातको भएको पनि प्रहरी उपरिक्षक गोपाल पोडेलले बताए ।