काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न हतार भएको पार्टीको निष्कर्ष रहेको  स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सोमबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा सरकारको पूर्णताको लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलपल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

सदन अदालतसँग जोडिएको कानुनी जटिलता हेरेलगत्तै मन्त्रिमण्डल विस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए ।