काठमाडौं –  नियात्राकार जीवा लामिछानेको कृति ‘देश देशावर’ ले ‘वेष्ट सेलर बुक अवार्ड’ प्राप्त गरेको छ । किताब यात्रा फाउन्डेसनले २०७८ सालको ‘वेष्ट सेलर बुक अवार्ड’ ‘देश देशावर’लाई दिएको हो ।


ADVERTISEMENT


सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो अन लाइन बुक स्टोरको रुपमा परिचित छ । अनलाइनमार्फत किताब विक्री वितरण गर्दै आइरहेको ‘किताब यात्रा डटकम’ ले आफ्नो अनलाइनमार्फत सर्वाधिक बिक्री भएको पुस्तकलाई अवार्ड प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


लेखक लामिछाने आफ्नो कृतिले अवार्ड पाउँदा थप हौसला, प्रेरणा र उर्जा मिलेको  बताउँछन् । उनले किताब यात्रा डटकम परिवारलाई धन्यबाद पनि दिए ।

अक्षरको माध्यमबाट यस पुस्तकले संसारको अनुभूति गराउने मात्र होइन्, सम्बन्धित ठाउँको यात्रा, भूगोल, राजनीति, इतिहास र वर्तमान परिवेशलाई समेत समेटेकाले पुस्तक पाठकको मन जित्न सफल भएको हो ।

अध्ययन, भ्रमण र लेखनमा बढी रुचि राख्ने लामिछानेले दुई नियात्रा संग्रह सृजना गरिसकेका छन् । लामिछानेले यसअघि बिक्रम संवत् २०७३ मा ‘सरसर्ती संसार’ नामक पुस्तक सार्वजनिक गरेका थिए जुन नियात्रा संग्रह पनि निकै लोकप्रिय रह्यो ।