काठमाडौँ – प्रहरीले बैकिङ कसुरमा सजाय पाएर ९ महिनादेखि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नं. ३ का २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले खत्रीलाई काठमाडौँको कपन बालुवाखानीबाट पक्राउ गरेको हो । ब्यूरोका अनुसार खत्रीले आफ्नो खातामा रकम नभएको जान्दाजान्दै ग्लोबल आईएमई बैँकको चेक काटेर जाहेरवालालाई दिएका थिए ।


ADVERTISEMENT

# # #


सोही मुद्दामा उच्च अदालत पाटनले गत पुस २९ गते खत्रीले बैंकिङ कसुर गरेको ठहर गर्दै बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार ४ दिन कैद र १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका खत्रीलाई मंगलबार पक्राउ गरी प्रहरीले जिल्ला अदालत काठमाडौँमा बुझाएको हो ।