काठमाडौं – आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।


ADVERTISEMENT


सन २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि गतवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण विभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरिन्छ ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ ।

धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकहरु बताउँछन्  ।