शारीरिक संरचनाअन्र्तगत मुटुलाई अत्यन्तै महत्वपूर्ण र संवेदनशिल अंग मानिन्छ । यसले शरीरका सम्पूर्ण भागमा रक्तप्रवाह गर्ने काम गर्दछ । मुटुले पम्प गरेको उक्त रगतले शरीरमा कार्य गर्नका निम्ति आवश्यक अक्सिजन एव् पोषक तत्व प्रदान गर्दछ ।


ADVERTISEMENT


यसरी शरीरमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मुटु स्वस्थ जीवनशैलीका निम्ति स्वस्थ हुनु उत्तिकै अपरिहार्य रहेको छ । अन्यथा स्वस्थ मुटुको अभावमा शरीरमा विभिन्न समस्याहरु देखा परी त्यसले व्यक्तिलाई दिर्घ रुपमा सताउँदै ज्यानै लिने खतरा समेत रहन्छ । तसर्थ मुटुको स्वास्थ्यबारे आवश्यक जानकारी दिन गतवर्षदेखि प्रत्येक वर्षको सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाउन थालिएको छ ।


ADVERTISEMENT

# # #


सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि गतवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको हो ।

आज यसै अवसरमा हामी यहाँ अमेरिकन हार्ट एसोसिएशन रिसर्चले मुटुसम्बन्धि पत्ता लगाएको मुटुबारे जान्नै पर्ने र कमैलाई मात्र थाहा भएको १० रोचक तथ्यहरु प्रस्तुत गर्दैछौ :

१. सबैभन्दा बढि हृदयघातको केश सोमबार

अमेरिकी अध्ययनले व्यक्तिमा सबैभन्दा बढि हृदयघातको केश सोमबार देखिने गरेको तथ्य पुष्टि गरेको छ ।

२. हार्ट अट्याक्टको शुरुआत क्रिसमसबाट 

तुलनात्मक रुपमा हृदयघातका समस्या जाडोयाममा बढि देखिने गर्दछ । अझ त्यसमा पनि हार्ट अट्याक्टको शुरुआत क्रिसमसबाट हुने गरेको पाइएको छ ।

३. महिलाको मुटु धेरै मेहेनती 

पुरुषको तुलनामा महिलाको मुटुको धेरैले मेहेनत गर्छ । अर्थात्, तुलनात्मक रुपमा पुरुषको भन्दा महिलाको मुटु धेरै धड्किने गर्दछ । जसअन्र्तगत महिलाको मुटु प्रति मिनेट ७८ पटक धड्किन्छ । जबकी, पुरुषको मुटु प्रतिमिनेट ७० पटक मात्रै धड्किन्छ ।

४. दिल टुट्नु पनि एक बिरामी

हामीले धेरै सुनेका छौँ, कसैको दिल टुट्यो भनेर । यद्यपि हामीलाई त्यति गम्भीर रुपमा लिदैनौ । तर, अमेरिकी अध्ययनले दिल टुट्नु पनि एक किसिमको बिरामी हो भनेर पुष्टि गरेको छ । प्रायजसोः प्रेम सम्बन्धको मामिलामा बढिजसो देखिने गरेको यस्तो बिरामी विशेषतयाः डिप्रेसन र तनावमा रहने व्यक्तिहरुमा बढि देखिन्छ । जसलाई ‘ब्रोकन हार्ट सिन्ड्रोम’ भनिन्छ । जसअन्र्तगत मुटुको एक भाग कमजोर बन्न पुग्छ ।

५. मुटुको तौल ५०० ग्रामभन्दा कम

शरीरमा अत्यन्त महत्वपूर्ण कार्यभार सम्हाल्ने मुटुको तौल कति होला? यससम्बन्धि धेरैको अनुमान गलत हुन जान्छ । किनकी त्यस्तो महत्वपूर्ण कार्यप्रणाली भएको मानवीय मुटुको तौल आधा केजी अर्थात् ५०० ग्रामभन्दा कम रहेको हुन्छ । हो, यो जम्मा ४५० ग्राम मात्रै हुने गर्दछ । अझ तुलनात्मक रुपमा पुरुषको मुटु महिलाको भन्दा बढि भारी हुने गर्दछ ।

६. सबैभन्दा सानो मुटु

सबैभन्दा सानो मुटु फेयर फ्लाई किराको हुन्छ । यसको मुटु यतिसम्म छोटो हुन्छ की त्यसलाई हेर्नको निम्ति माइक्रोस्कोपकै प्रयोग गर्नुपर्ने हुन्छ ।

७. सबैभन्दा ठुलो र गहृौ मुटु

दुनियाँमा सबैभन्दा भारी र ठुलो मुटु भएको जीव ब्लू ह्वेल हो । यसको मुटुको तौल १८० तौल बराबर हुन्छ । यदि यसलाई मान्छेको मुटुसंग तुलना गर्ने हो भने यो मानवीय मुटुभन्दा ६४० गुणा बढि भारी हुन्छ ।

८. पहिलो ओपन हार्ट सर्जरी

पहिलो पटक ओपन हार्ट सर्जरी अमेरीकामा सन् १८९३ जुलाई ९ मा सम्पन्न भएको थियो । उक्त सर्जरी अमेरिकी कार्डियोलोजिस्ट डेनिअल विलियम्सले गरेका थिए । उनले एन्टिबायोटिक्स र एक्स–रे बिना नै उक्त सर्जरी गरेका थिए ।

९. पहिलो पेसमेकर ट्रान्सप्लान्ट

विश्वमा पहिलो पेसमेकर ट्रान्सप्लान्ट सर्वप्रथम सन् १९५८ मा स्वीडेनका ४३ वर्षीय आर्ने लार्सेनको गरिएको थियो । ट्रान्सप्लान्ट पछि पनि उनी ४३ वर्ष बाँचेका थिए । उनको मृत्यु सन् २००१ मा भएपनि उनमा मुटुसम्बन्धि समस्या भने देखिएको थिएन । पेसमेकर इन्प्लान्टले बिरामीको शरीरमा मुटुको गतिलाई नियन्त्रण गर्ने कार्य गर्दछ ।

१०. हाँसो को फाइदा मुटुलाई पनि

स्वस्थ्य मुटुका लागि हास्नु अत्यावश्यक रहेको वैज्ञानिकहरु बताउँछन् । हाँसो ले व्यक्तिको तनावलाई कम गर्दै इम्युनिटि पावर(प्रतिरोध क्षमता) लार्य समेत बढावा दिन्छ ।

दैनिक भास्करबाट