काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने देश तथा विदेशमा रहेका रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


जितिया पर्वका अवसरमा आज एक ट्विट गर्दै उनले राई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको  जितिया पर्वको  शुभकामना दिएका हुन् ।


ADVERTISEMENT

# # #


सन्देशमा भनिएको छ, ‘हाम्रा संस्कृति र संस्कारहरुका आ–आफ्नो विशिष्ट पहिचानका विशेषताहरु छन् । त्यही सद्भाव र एकतालाई प्रवर्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्वले समस्त आमा र सन्तानबीचको माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले संस्कार, संस्कृति, रीतिरिवाज एवं मूल्यमान्यताले जितिया पर्वलगायतका पर्वको विशिष्ठ महत्वलाई आत्मसाथ गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्वर्धनमा प्रतिबद्ध रहेको बताएका छन् । उनले जितिया पर्व मनाउने सबैलाई एकतावद्ध भई हर्सोल्लासपूर्वक मनाउन आग्रहसमेत गरेका छन् ।