काठमाण्डौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अस्थायी पार्किङस्थल निर्माणमा चरम लापरबाही भएको पाइएको छ । विमानस्थल कार्यालय अन्तर्गत रहेको विमानस्थल सञ्चालन शाखाको अनुरोधमा निर्माण भएको अस्थायी पार्किङमा जहाज राख्नासाथ पिच (कालोपत्रे) भत्कने गरेको छ । पिच पटकपटक भत्कन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारी बोलाएर छलफल समेत गरिसकेको छ ।


ADVERTISEMENT


एक पटक जहाज पार्किङ गरेर बाहिर निकाल्ना साथ पुनः पिच गर्नु पर्ने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयका कर्मचारी बताउँछन् । विमानस्थल कार्यालय इन्जिनियरिङ माहाशाखाले करिब १५ लाख लगानीमा केही समय अगाडि निर्माण गरेको अस्थायी पार्किङको पिचमा समस्या देखिएको हो । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले पिचमा समस्या देखापरेको स्वीकार गरे । तर, निर्माण जिम्मा पाएको महाशाखा प्रमुख मुरारी भण्डारीले भने ओभर लोडका कारण पिच भत्किएको दाबी गरे ।


ADVERTISEMENT

# # #


निर्माण भएलगतै महाशाखाले कार्यालयलाई साना जहाज मात्रै पार्किङ गराउन भन्दै पत्रचार गरेको उनको भनाइ छ । तर, पछिल्लो सयम श्री एयरलाइन्सले ल्याएका तीनवटा जहाज त्यही ठाउँका पार्किङ गर्दा समस्या आएको उनको भनाइ छ । महाशाखाले अस्थायी रूपमा निर्माण गरेको पार्किङमा चार सेन्टिमिटर पिच हालेको दाबी गर्छ । साना र ट्विनटर जहाज मात्रै पार्किङ गर्न बनाएको ठाउँमा ५० देखि ७२ सिट क्षमताको सीआरजे जहाज राख्दा समस्या आएको उनको तर्क छ ।

असोज २६ गते पनि माहाशाखले त्यो ठाउँमा ठूला जहाज नराख्न भन्दै पत्रचार गरे पनि लागू हुन नसेको जानकारी दिए । माहाशाखाले त जहाज पार्किङमा समस्या आएपछि अस्थायी पार्किङ निर्माण गरेको हो । त्यो पुनः भत्काउनु पर्ने हुँदा त्यसमा बढी खर्च गर्न नसकिने माहाशाखाको भनाइ छ ।
तर, विमानस्थल कार्यालले भने काममा लापरबाही हुँदा पिच भत्किएको भनिरहेको छ । सडक बोर्डले असारमा बनाएको पिचभन्दा पनि कमजोर पिच भएका कारण समस्या आएको हो । त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजका लागि नौ वटा पार्किङ र अन्तरिक उडानका लागि १७ वटा पार्किङस्थलको व्यवस्था छ ।

क्षमताभन्दा बढी लोडका जहाज पार्किङ गराउने अनि काममा लापरबाही भयो भन्दै अरुलाई आरोप लगाउने काम भएको भन्डारीको तर्क छ । पार्किङ निर्माण लागतभन्दा तीन गुना बढी जहाज पार्किङबाट रकम संकल भइसकेको अवस्थामा फेरि काममा लापरबाही भयो भन्नुमा कुनै सत्यता नरहेको भण्डारीले बताउँछन् । अहिले पनि लोडभन्दा बढीकै जहाज अस्थायी पार्किङमा राखेको उनले बताए ।
विमान संख्या बढेसँगे पार्किङमा समस्या आएको छ जसका कारण जहाज डिलेको समय ह्वातै बढेको छ । अहिले आन्तरिक उडान गर्ने जहाज संख्या मात्रै ४५ भन्दा बढी छ ।