काठमाण्डौं-अरनीको राजमार्ग स्थित काभ्रेको पाचँखाल नगरपालीका ४ तामाघाटमा टिपरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधाबार बिहान बा ४ ख ३२६८ नम्वरको टिपरले ठक्कर दिँदा पाचँखाल ९ का ३ वर्षे राम कुमार कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसी महेन्द्र मरासिनीले जानकारी दिए । घटना पछि स्थानीय र आफन्तहरुले अरनीको राजमार्ग बन्द गरेका छन् ।
राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यलयबाट थप टोली घटनास्थलमा पुगेको डिएसपी मरासीनीले जानकारी दिए ।


ADVERTISEMENT