काठमाण्डौं-भक्तपुर मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।
दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए । प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ ।


ADVERTISEMENT