काठमाडौं  – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा काठमाडौं किङ्स–११ ले चितवन टाइगर्सलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको छ ।  काठमाडौं किङ्स–११ ले चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको हो ।


ADVERTISEMENT


टियू क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो । काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो ।


ADVERTISEMENT

# # #


काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोडे भने जनक प्रकाशले २६ रन जोडेका थिए । रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए ।

सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । त्यस्तै कमल ऐरी र सेकुगे प्रसन्नले समान एक-एक विकेट लिए । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । साथै पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो । दुबै टोली आज दोस्रो जितको खोजिमा रहेका छन् ।