काठमाडौँ– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसेलोबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


उनीहरुले बिहिवार जङ्गी अड्डास्थित भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, उक्त भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास रहेको छ ।