काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताएका हुन् । उनले आफुहरुको यो आन्दोलन हतियार नउठाइ जितिने तर्क गरे ।


ADVERTISEMENT

# # #


अहिलको चूनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र चूनाव जित्न सक्ने अवस्था आएको उनको भनाई छ । उनले भने, ‘यो निर्वाचन प्रणाली खाली दलाल र पूँजीपतिहरु मात्रै चुनाव लड्न सक्ने, जनताले लड्न नसक्ने यो प्रणाली बदल्न सकिन्छ । अरु त छोड्नुहोस् हाम्रै हालत खराब भइसक्यो । उस्तै परे गाउँपालिकाको अध्यक्ष लड्नै करोड नभइकन लड्न नसकिने । केन्द्रमा लड्न १० करोड बढी चाहिने भएपछि हामी सक्छौँ त त्यस्तो चुनाव ?’

त्यस्तै प्रचण्डले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको धारणा राखे । यसअघि ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको उनले बताए ।

प्रचण्डले आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन गरेको र संविधानका उपलब्धि उल्ट्याउने काम भएकाले मिलेर लड्ने निर्णय लिएको जिकिर गरे । त्यस्तै प्रचण्डले प्रतिगमनविरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प देखेपनि जोखिम उठाएर लडेको बताए ।

उनले अहिले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको भन्दै सबैले गम्भीर भएर सोच्नुपर्ने पनि बताए । अखिल (क्रान्तिकारी)को सम्मेलन तीन दिनसम्म चल्ने छ ।