काठमाण्डौं-अनसुन्धान विभागको प्रहरी टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाण्डौंबाट चरेससहित दुईजना युक्रेनी नागरिक पक्राउ परेको छन् ।
जेट एयर वेजको ६५२ नं को उडानद्वारा मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक पक्राउ परेका हुन् ।
४२ वर्षीय वलिकसिल लोलेनकोको सुटकेश चेकजाँच गर्ने क्रममा स्टाईलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा लुकाई छिपाई राखेको दुई किलो लागु औषध चरेश फेला परेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ।


ADVERTISEMENT