काठमाण्डौं-विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यूएईसँग हुने खेलका लागि नेपालले प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरेको छ । नेपालले डिसेम्बर ६ र ८ मा यूएई गई च्याम्पियनसिपको अन्तिम चरणको खेल खेल्दै छ ।


ADVERTISEMENT


गत महिना हङकङ छैटौं चरणका लागि नेपाली टोलीका १४ र वैकल्पिक ४ खेलाडीसहित यूएईसँगको खेललाई क्लोज क्याम्पमा १० खेलाडी थपिएको छ । त्यसमा दुई खेलाडी एसीसी यू–१९ एसिया कप खेल्न मलेसिया गएको नेपाली टोलीबाट लिइने छ ।


ADVERTISEMENT

# # #


हङकङ गएको टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सागर पुन, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, वसन्त रेग्मी, सुसन भारी, सन्दीप लामिछाने, सुशील कँडेल, ललितसिंह भण्डारी, शरद भेषावकर र नरेश बुढाएर थिए । जितेन्द्र मुखिया, महबुब आलम र कुशल भुर्तेल वैकल्पिकमा थिए ।

अस्वस्थ भएर हङकङ जाने टोलीबाट नाम फिर्ता लिएका शक्ति गौचन प्रारम्भिक टोलीमा फर्किएका छन् । दीपेन्द्र र सन्दीप यू–१९ एसिया कप खेल्न मलेसिया गएको टोलीमा छन् । दुई खेलाडी यू–१९ बाट क्लोज क्याम्पमा थपिने छन् । थपिएका ७ खेलाडीमा सौरभ खनाल, हासिम अन्सारी, अनिल मण्डल, सिद्धान्त लोहनी, दिलीप नाथ, विक्रम सोब र सुनील धमला छन् । यूएईसँगको खेलअघि नेपालले डिसेम्बर १ मा अमेरिका र डिसेम्बर ३ मा केन्यासँग अभ्यास खेल खेल्नेछ ।