एजेन्सी – अष्ट्रेलियामासमेत नेपाली चलचित्र बनेको छ । ब्रिजवेनरमा बस्ने नेपाली युवाहरु मिलेर चलचित्र बनाएका हुन् ।


ADVERTISEMENT


ब्रिजवेनरमा नेपालीहरुको जनसंख्या बढेसंगै अष्ट्रेलियामा नेपाली कलाले पनि फस्टाउने मौका पाएको हो । नेपाली गितको म्युजिक भिडियो, नेपालमा बनेको चलचित्र देखाउने तथा चलचित्र नै अष्ट्रेलियामा खिच्ने क्रम पछिल्लो समय बढेको छ ।


ADVERTISEMENT

# # #


विदेशमा बसे पनि नेपाली कला संस्कृतिलाई माया मार्न नसक्दा अष्ट्रेलियामा नेपाली गित संगीत र सिनेमाले महत्वपूर्ण स्थान पाउँदै आएको छ ।

 कुइन्सल्याण्ड राज्यमा बसोबास गर्दै आएका उत्साही युवाहरुको समुह मिलेर चलिचित्र बनाएका हुन् । रक्की नामको सो चलचित्रलाई मिलन मिश्र र मञ्जिल केसीले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

एक्सन र प्रेमकथामा आधारित चलचित्रको मुख्य भूमिकामा मिलन मिश्र र मेलिशा खतिवडा देखिएका छन् । ब्रिजवेन, सनसाइनकोष्ट, गोलकोष्ट आसपासमा खिचिएको चलचित्रको प्रोड्युसर हुन् अमुडा विष्ट ।

नेपाली कलाकारितालाई विदेशमा पनि निरन्तरता दिइरहेकाका कलाकार तथा निर्देशक मिलन मिश्रले यस चलचित्रलाई नेपालीले मन पराइदिनेमा आशावादी रहेको बताए ।

तत्काललाई दशैको घटस्थापनाका दिन अक्टोबर ७ तारिखमा गोलकोष्टको साउथपोर्टस्थित इभेन्ट सिनेमा चलचित्र देखाउने मिति तय भएको समेत मिश्रले जानकारी दिए । चलचित्र हेर्न ५ डलर टिकट मुल्य तोकिएको छ । गोलकोष्ट र व्रिजवेन आसपास रहेका नेपालीले चलचित्र हेरेर सहयोग गरिदिन समेत मिश्रले आग्रह गरेका छन् ।