काठमाडौं –एभरेस्ट प्रिमियर लिग ९ईपीएल०को १४ औँ खेलमा पोखरा राइनोजले विराटनगर वारियर्समाथि सहज जित हात पारेको छ। टियू क्रिकेट स्टेडियम, कीर्तिपुरमा भएको खेलमा पोखराले विराटनगरमाथि ७ विकेटको जित हात पारेको हो।


ADVERTISEMENT


टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर ५ विकेट गुमाउँदै १७२ रन बनायो। विराटनगरका लागि आशिफ शेखले सर्वाधिक ४४ रन बनाउँदा सिकन्दर राजा २९ रनमा आउट भए। त्यस्तै, सन्दीप रजालीले २८, कप्तान करन केसीले २४, दिलसान मुनवीराले १६ र अनिल साहले १२ रन जोडे।


ADVERTISEMENT

# # #


पोखराको लागि बिक्रम सोबले २ तथा नन्दन यादव, विवेक यादव र सहन अरच्चिगेले १-१ विकेट लिए।

१७३ रनको लक्ष्य पछ्याएको पोखराले १४ बल बाँकी छदैँ लक्ष्य भेट्टायो। पोखराको जितमा असेल गुनारत्नेले अभिजित रहँदै ५० रनको योगदान गरे। त्यस्तै, रिचर्ड लेभीले ४७, सहन अरच्चिगेले ४३ र कप्तान विनोद भण्डारीले १५ रन जोडे।

विराटनगरको लागि प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले १-१ विकेट लिए।