काठमाण्डौं-स्तरोन्नतीको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आगामी आइतबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।


ADVERTISEMENT


सो सडकखण्डका केहीस्थानमा पहरो फोर्ने काम भइरहेकाले विहान ७ देखि अपरान्ह ४ बजेसम्म यातायत आवागमन बन्द गरिएको आयोजनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेती दोभान नजिक चट्टान सहितको ठूलो ढिस्को खस्ने सम्भावित जोखिम रहेको आयोजनाले जारी गरेको सुचनामा उल्लेख छ ।

त्यस क्षेत्रमा आगामी शनिबार विहान १० देखि साँझ ५ बजे सम्मका लागि सवारी आवागमन बन्द गरिने आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिए ।

विस्तारको क्रममा रहेको मुग्लिन नारायणगढ सडकमा अहिले सम्म ५७ प्रतिशत काम सम्पन्न भएको छ । आगामी चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्नेगरि तीव्र गतिमा काम भईरहेको खनालले बताए । – आजको कान्तिपुरबाट