काठमाडौँ–सेलपे सेवाले यस दशैँको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।


ADVERTISEMENT


सेलपेले दशैँमा ग्राहकका निम्ति फ्लिप फेस्टिवल’ अफर ल्याएको हो ।


ADVERTISEMENT

# # #


उक्त योजनाअन्तर्गत हरेक दिन सय जना ग्राहकले दश दिनमा लागि १ जीबी डाटा प्याक र, एक जना लक्की बिजेताले लक्की ड्र मार्फत सामसुङ्ग सामसुङ्ग ग्यालेक्सी फ्लिप ३ प्राप्त गर्न सक्नेछन् ।

उक्त अफर असोज १७ गतेदेखि २६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

 

मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा प्रदान गर्दै आएको सेलपेबाट सरल र सुरक्षित रुपमा वास्तविक समयमा भुक्तानी गर्न सकिन्छ ।

यसका साथै  सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब पाँच लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि  गर्न सकिन्छ ।

साथै ग्राहकहरुले ऋभििएबथ प्बचत सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन् ।