काठमाडौँ– सार्वजनिक भाडाको वृद्धिदरको माग गर्दै बस व्यवसायी हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मुल्य बढ्दा पनि भाडा समायोजन नभएको भन्दै उनीहरु हड्तालमा उत्रिएका हुन् ।


ADVERTISEMENT


भाडा बढाउनुपर्ने माग सहित बस व्यवसायीले काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सेवा बन्द गरेका छन् । उनीहरुले सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरेका हुन् ।


ADVERTISEMENT

# # #


व्यवसायीको यस्तो गतिविधिबाट यता सर्वसाधारण भने मारमा परेका छन् ।

हाल नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सम्बद्ध सवारी फाट्टफुट्ट चलेपनि सडकमा पातलो सार्वजनिक सवारी गुड्दा यात्रुहरु सिमित सवारीमै जबरजस्ती कोचिएर यात्रा गर्न बाध्य छन् । कोभिड–१९ को जोखिम कायमै रहेको सन्दर्भमा यसरी सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नु पर्दा यात्रुको जनस्वास्थ्य सवालमा समेत प्रश्न उठेको छ ।

‘हड्तालमा उत्रिनु बाध्यात्मककारी अवस्था’

यस्तै, आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएकले बाध्यात्मककारी अवस्थामा हड्तालमा उत्रिनु परेको महासंघका महासचिव केशव नेपालको भनाई छ ।

त्यसैकारण आफुहरुले स्वघोषित रुपमा बढेको भाडा उठाउन थाल्दा उल्टै प्रहरीले नियन्त्रणमा लिएको बताउँदै उनले सोमबार पनि सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको जानकारी दिए ।