काठमाडौं – नेपालको राजनैतिक इतिहासमा अत्यन्तै लामो र गरिमामय इतिहास बोकेको नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको सम्झनामा स्थापित टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्नुका साथै भावी कार्ययोजना समेत तय गरेको संस्थाका सदस्य९सचिव गोविन्दप्रसाद दुलालले जानकारी दिए ।


ADVERTISEMENT


प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमालको अध्यक्षतामा भएको साधारण सभाद्वारा ११ सदस्सीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचन अधिकृत छानिनु भएका टंकप्रसाद आचार्यका जेष्ठ सुपुत्र अङ्गिरा आचार्य नयाँ कार्यसमितिलाई माला लगाइदिएर बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचन अधिकृत अंगिरा आचार्यको प्रतिवेदनअनुसार नयाँ कार्यसमितिको अध्यक्षमा मानवअधिकारवादी सुशील प्याकुरेल उपाध्यक्ष पूर्वमन्त्री शान्ता मानवी महासचिवमा वरिष्ठ पत्रकार डा कुन्दन अर्याल कोषाध्यक्षमा राजनीतिक विश्लेषक रामजी प्रसाद उपाध्याय सदस्यहरुमा वीरभद्र आचार्य प्रा डा शोभा पोखरेल, पूर्व मन्त्री माननीय बैजनाथ चौधरी, पूर्वरथी नेत्रबहादुर थापा, नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्य पूर्वसांसद सावित्री अधिकारी, समाजसेवी वासु दाहाल समाजसेवी यज्ञ थापा निर्वाचित भएका छन् ।

कार्यक्रमको समापनमा बोल्दै नवनिर्वाचित अध्यक्ष सुशील प्याकुरेल टंकप्रसाद आचार्य का नाममा गरिनुपर्ने केही महत्वपूर्ण कार्यहरु मध्ये उहाँको जन्म घरलाई संग्रहालय बनाउने र आचार्यको कोटेश्वरमा रहेको सालिकलाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने काम तत्काल गर्ने बताउँदै यो कार्यसमितिले केही महत्वपूर्ण कार्य गर्नुपर्ने र त्यसका लागि आफूलागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।