विराटनगर – नेपालमा अपराधको नमुना फेरिँदै गएको छ । सशस्त्र प्रहरीले विराटनगर १५मा रहेको रानी २ नम्बरनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणको सशस्त्र प्रहरीको टोलीले रानीस्थित २ नम्बर ढाँट नजिकको २ च ९६४८ नम्बरको भ्यान चेकजाँच गर्दा २८ वटा मानव खप्पर र हातखुट्टाको १० हड्डी मंगलबार बरामद गरेको हो अनुसन्धान गरी कारबाहीका लागि मानव खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीलाई बुझाएको थियो ।


ADVERTISEMENT

# # #


यो किसिमको अपराध देखेर प्रहरी नै चकित भएको छ ।

प्रहरीले भने त्यसको अनुसन्धान सुरु गरेको जनाएको छ । चिहान उत्खनन् गरेर मानव शरिरका अंगहरूको चोरी निकासी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

तस्करहरूले चिहान खनेर मानव खप्पर संकलन गर्ने गरेको प्रहरीको अनुमान रहेको छ ।

कतिपय तान्त्रिकहरुले साधनासिद्विका लागि भन्दै मानव खप्परलाई प्रयोग गर्ने गर्छन् । मानव खप्परलाई घरमा राख्दा धन सम्पती आर्जन हुने पनि केहि अन्धविश्वास रहेका कारणले समेत तस्करी गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।