काठमाडौँ– आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठित नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास सम्वन्वय उपसमितिको संयाजकमा उद्योगपति विनोद चौधरी मनोनयन भएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले आज चौधरीलाई मनोनयन गरेका हुन् ।


ADVERTISEMENT

# # #


केही दिन पहिले मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका चौधरीलाई कांग्रेसले प्रतिनिधि सभाको लागि समानुातिक उम्मेदवार बनाएको छ ।