काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्का असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलुका अजरबैजानतर्फ प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनीसहितको नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।


ADVERTISEMENT

# # #


असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते राजधानी बेलग्रेडमा आयोजना गरिएको छ ।

परराष्ट्रमन्त्री खडकाले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा परराष्ट्रमन्त्रीले द्विपक्षीय एवं अन्य भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिनिधिमण्डल असोज २७ गते स्वदेश फर्कने कार्यक्रम छ ।