काठमाडौँ – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ झडपमा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको ज्यान गएको हो ।


ADVERTISEMENT


गोली लागेकाहरुमध्ये तीन जनाको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । झडपका क्रममा दर्जनभन्दा बढी घाइते भएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


झडपपछि पस्थितिलाई थप खराब हुन नदिन प्रशासनले करुफ्यू आदेश जारी गरेको छ । प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइदिँदै आएको थियो तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।