काठमाडौं – साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भए पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


आइतबार माल्दिभ्समा भएको खेलमा खेलमा नेपाल भारतसँग १-० ले पराजित भए पनि उत्कृष्ट प्रदर्शन गर्न भने चुकेन ।


ADVERTISEMENT

# # #


भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णयक गोल गरेका थिए । उनले भारतका लागि ८२ औं मिनेटमा गोल गरेका थिए ।

भारतलाई एक गोलमै सीमित राख्नु नेपालको ठूलो सफलता हो ।

नेपालबिरुद्धको खेलमा भारतले बल धेरैजसो आफ्नो कब्जामा राखेको थियो । भारतले सुरुवातबाटै निरन्तर एटेकिङ गरेको थियो । नेपालले पनि केही गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

जितसँगै भारतले ३ खेलमा ५ अंक बनाएको छ । योसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । नेपालको भने ३ खेलबाट ६ अंक रहेको छ ।

नेपाल पराजित भएपनि फाइनल पुग्ने सम्भावना अझै बाँकी रहेको छ । नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ ।

बंगलादेशलाई नेपालले पराजित गरे फाइनल खेल्न पाउनेछ । यदि पराजित भएको अवस्थामा भने नेपाल प्रतियोगितबाट बाहिरिनेछ ।