काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसकेपनि आफू निराश नभएको बताए । आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरुले खेल्ने अपेक्षा समेत गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाई थियो । उहाले आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताए । आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको उनको भनाई छ ।

उनले गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम बढाउने दाबी गरे ।