सिरिया – सिरियाको राजधानी दमास्कसमा आज बिहान बसभित्र दुईवटा बम विस्फोट भएको छ ।


ADVERTISEMENT


आतंकवादीहरूले सेनाको  बसलाई तारो बनाएर दुईवटा बम विस्फोट गरेको समाचारहरुमा बताइएको छ ।


ADVERTISEMENT

# # #


सो घटनामा  १३ जनाको मृत्यु भएको छ भने घटनामा तीन  घाइते भएका छन् ।

बसमा राखिएको तेस्रो बमलाई सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन ।