काठमाडौँ – गायक सुदीप श्रेष्ठ ‘साम’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘म हिडे घर’ बोलको उक्त गीत र म्यूजिक भिडियो दशैँतिहारको अवसर पारेर युट्यबमार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


डेनमार्क बस्ने गायक सुदिप श्रेष्ठ ‘साम’ गीतमा चाँडपर्वमा समेत विभिन्न कारणले आफ्नो जन्मस्थल, आफुलाई मायागर्ने आफन्तजन तथा साथिभाईहरुबाट टाढा भइ परदेशमै रहन बाध्य पात्रको कथावस्तु समेटेका छन् ।


ADVERTISEMENT

# # #


गायक सुदीपकै स्वर र संगीत रहेको गीत पप प्यार्टन शैलीमा छ । गीत रचना सुदीप र मन्दिरा जोशीको रहेको छ । गीतको म्युजिक भीडियोमा सुवास महर्जन र जेस् भट्टराईको मुख्य भुमिका रहेको छ भने सुशील घिमिरेको सहायक भुमिका रहेको छ । रेलोनले संगीत संयोजन गरेको गीतको भीडियो छायांकन सुशील घिमिरे र रतिस तुलाधरको र कलरिङ् दिनेश जङ्ग रानाको रहेको छ ।

भीडियो डेनमार्कको कोपेनहेगन र आसपासमा छायांकन गरिएको हो । गीतको अन्त्यमा चिरपरिचित रेडियोकर्मी अच्युत घिमिरे (बुलबुल) को आवाजमा साहित्यकार जे. सागरको मन छुने मुक्तकले सुनमा सुगन्ध थपेको छ ।

विशेष गरी बाध्यतावस आफ्नो घरबाट टाढा रही सुनौलो भविष्यको लागि संघर्ष गर्दै घर फर्कने दिनको प्रतिक्षामा रहेकाहरुमा गीत समर्पित गरिएको गायक सुदीपले बताए ।

झापा घर भएका सुदीपले सन् २००२ मा ‘अनुरोध तिमिलाई‘’ भन्ने गीत रेकर्ड गरेर साँगीतिक यात्रा शुरु गरेका हुन् । उनी डेनमार्कमा नेपाली ‘लकडाउन ब्याण्ड’ का मुख्य गायक समेत हुन् । विभिन्न कार्यक्रमहरुमा गाउने उनका अन्य ५ गीत पनि युटुबमा छन् ।

भिडियो हेर्नुहोस्