रौतहट– ठगी गरेको आरोपमा जिल्लाबाट एक जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा प्रहरीले बौधीमाई नगरपालिका–१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाललाई नगद रु ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीमाथि कोभिड–१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग नगद ३/३ हजार ३ सयका दरले अवैध रुपमा पैसा उठाई ठगी गरेको आरोप छ ।

जयसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी टोलीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।