काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेको धुलिखेल पुगेर जिपलाइनको आनन्द लिएका छन् । शुक्रबार पारिवारिक भ्रमणका लागि नातिनातिनासहित धुलिखेल पुगेका प्रचण्डले जिपलाइनमा सयर गरेका हुन् ।


ADVERTISEMENT


पिलाइनको अनुभव सुनाउँदै प्रचण्डले आफू पहिलेदेखि नै साहसिक गतिविधिमा रुची राख्ने बताए । ७ करोड रुपैयाँको लगानीमा जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको थियो ।


ADVERTISEMENT

# # #


जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको दूरी ११ सय मिटर रहेको छ । काठमाडौँ उपत्यकाबाट ३५ किमि मात्र टाढा रहेकाले जिपलाइन पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै आएको छ ।