काठमाडौँ–  भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवको पनि उपस्थीति रहेको थियो । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको गरिएको हो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले नेपाल र भारतीबीचको सम्वन्ध ऐतिहासिक रहेको बताइन् । उनले जयनगर–कुर्थाका साथै बर्दिबाससम्म पुराउने कार्यलाई तीव्रता दिइने जानकारी दिए । उनले जयनगर–कुर्था खण्डमा छिटै रेल सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताइन्।

त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल र भारतबीचको सहकार्यलाई सदैव निरन्तरता दिने बताए । नेपालमा रेल सेवा विस्तारका लागि पनि भारतले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत नेरु ८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो। जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो ।

एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुने सो रेलमार्गले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास लिएको छ ।