काठमाडौं – यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन ।


ADVERTISEMENT


सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् तर विभागले भने छपाइ कार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ ।


ADVERTISEMENT

# # #


अत्यावश्यक बाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।

छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहार पछि गरिने भएको छ ।

यो महिनाभित्रै कार्ड आइसके पछि बाँकी छपाइको काम सुरु गरि ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।