काठमाडौँ– फाइजर खोपको पहिलो मात्रा नेपाल आइपुगेको छ ।


ADVERTISEMENT


अमेरिकाले अमेरिकाबाट कोभ्याक्स सुविधा मार्फत नेपाललाई उपलब्ध गराएको फाइजर खोपको १ लाख ६ सय २० डोज सोमबार बिहान नेपाल आइपुगेको हो ।


ADVERTISEMENT

# # #


नेपाल भित्रिएको उक्त खोप छठपछि कार्तिक २८ देखि मंसिर ३ सम्म पहिलो मात्रा लगाउने सरकारी कार्यतालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लामो प्रयासपछि आएको फाइजर १२ वर्षदेखि माथिका सबै उमेर समूहलाई लगाउन मिल्ने खोप हो । यद्यपि हाललाई बालबालिकालाई सो खोप नदिने सरकारको निर्णय छ ।

खोप थोरै भएकाले दीर्घ रोगीहरुलाई प्राथमिकतामा राख्दै हाललाई बालबालिकामा उक्त खोप वितरण नगर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलको भनाई छ।