साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।


ADVERTISEMENT


सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही आवश्यक जानकारी उपलब्ध नगराए पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् । उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन् ।

उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए । रासस