काठमाडौँ– विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको म्याक्स मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो व्यापार चम्काउँदै आएको बुझिएको छ ।


ADVERTISEMENT


मेडिटेकले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारी तथा  निजी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको हो ।


ADVERTISEMENT

# # #


म्याक्सले सरकारी अस्पतालमा स्वास्थ्य उपकरण माग गर्दा आफ्नो अनुकूल शर्तसहितको प्रावधान राखी टेन्डर माग गर्न लगाउने, सेटिङ मिलाउने र कम गुणस्तरको स्वास्थ्य उपकरण उपलब्ध गराउने गर्दै आएको स्रोतको ठोकुवा छ ।

स्रोतले म्याक्सले हालसम्म स्वास्थ्य उपकरण उपलब्ध गराएका शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे यथार्थता सबैसामु छर्लङ हुने दाबी गरेको छ ।

यसैगरी, म्याक्सले स्वास्थ्य उपकरण भित्र्याउँदा र कारोबार अनुसारको राजस्व नतिरेको समेत स्रोतको आरोप छ ।

यस विषयमा मेडिटेकको कार्यालयमा सम्पर्क राखी जानकारी माग्दा आफूलाई मार्केटिङको कर्मचारी बताउने सौगात तामाङले म्याक्स मेडिटेकले स्रोतले भनेजस्तै शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको स्वीकार गरेका छन् ।

उनले मेडिटेकले सम्बन्धित अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई स्वास्थ्य उपकरण आपूर्ति गर्दै आएको विषयमा सोध्दा आफू म्याक्स मेडिटेकको सामान्य कर्मचारी मात्र रहेको बताउँदै यस विषयमा डाइरेक्टर बिमल उप्रेतीसँग जानकारी लिन आग्रह गरे ।

उनको आग्रहलाई स्वीकार गर्दै सो प्रालिका डाइरेक्टर उप्रेतीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा भने उनको फोन उठेन ।