कञ्चनपुर – कर्तव्य  ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।


ADVERTISEMENT

# # #


कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु २० हजार जरिवाना ठहर गरेको थियो ।

अदालतबाट कैद र जरिवाना ठहर भएपछि शाही फरार थिए । पक्राउ परेका शाहीलाई प्रहरीले अदालतमा पेश गरी कैदी पूर्जी जारी गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ । रासस