काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भई काठमाडौं कपन मिलनचोक बस्ने ३९ वर्षीय हरि प्रसाद रसाइली रहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तिय संघसंस्था एवम् घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले चोरी गर्ने कार्यमा संलग्न कमल र धनलाल तथा चोरी गरेको सुन खरीद गर्ने हरि प्रसाद समेतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका विभिन्न गहना र मोबाइल २ थान समेत बरामद गरेको छ ।

पक्राउ परिकालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।