काठमाडौँ – शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सत्ता गठबन्धन सम्वद्ध पाँच विद्यार्थी संगठनले गरेको बधाइत तथा शुभकामना कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले आफूले पहिलो प्राथमिकता सार्वजनिक शिक्षालाई दिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनलेछोटो समयमा धेरै काम गर्न नसके पनि आफ्नो कार्यकालमा सार्वजनिक शिक्षालाई केही परिवर्तन गरेर देखाउने तर्क गरे । मन्त्री पौडेलले निजी क्षेत्रलाई नियमन गर्दै सार्वजनिकलाई अगाडी बढ्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।

उन शिक्षा सुधारका लागि बजेट अभाव भएकाले अन्तराष्ट्रिय दातृ निकायलाई समेत आह्वान गरिएको उल्लेख गरे । उनले राजनीतिक दवाप पनि शिक्षा सुधार्न तिर नभई विगार्न बढि उद्धत रहेको बताए ।

नवनियुक्त शिक्षामन्त्री पौडेललाई बधाइ तथा शुभकामना दिन शिक्षामन्त्रालय पुगेका पाँच राजनीतिक दल आवद्ध विद्यार्थी संघका प्रतिनिधिहरुले शिक्षामन्त्री पौडेलको कार्यकाल सफलताको शुभकाना व्यक्त गरेका थिए ।