काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बिभिन्न नाममा गठन भएका भूमिसम्बन्धी आयोगले गरेको राम्रा कामको स्वामित्व ग्रहण गरिने बताएकी छन् ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री श्रेष्ठले बिभिन्न नाममा गठन भएका आयोगहरुले जनता र राष्ट्रको हितका लागि गरेका कामको स्वामित्व वर्तमान सरकारले लिने र राम्रा कामलाई निरन्तरता दिने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारको अहिलेको दायित्व नै संविधानमा भएका कुराहरुलाई कार्यान्वयनमा लैजाने र नागरिकले अनुभवन गर्ने गरि काम गर्ने धारणा राखिन् । त्यस्तै उनले भूउपयोग नीतिमा देखिएका समस्याहरुलाई पनि समाधान गर्ने जिकिर गरिन् ।

बैठकमा समिति सदस्यहरुले भूमिहिनका समस्याहरु अझै पनि समाधान हुन नसकेको भन्दै योजना बनाएर काम गर्न सरकारलाई सुझाव दिएका थिए ।