काठमाण्डौं- उदयपुर प्रहरीले शुक्रबार साँझ लागू औषधसहित ४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् । सीमा सुरक्षा बेस क्याम सन्हैठा सिरहामा कार्यरत २९ वर्षीय सशस्त्र प्रहरी जवान सुजन धामीलगायत ४ जना जिल्लाको पश्चिमी कटारी नगरपालिका १ बेलसोतबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धामी कटारी ५ का स्थायी बासिन्दा हुन् ।


ADVERTISEMENT


सिराहाको मिर्चयाबाट कटारीतर्फ आउँदै सवारी चेकजाँचको क्रममा साँझ ६ः३० बजे ज २ प ९२६५ नम्बरको १५० सिसीको अनटेस्ट पल्सर मोटरसाइलमा सवार कटारी नगरपालिका ४ का २० वर्षीय ज्ञानदिप मगर, सिन्धुली दुधौली नगरपालिका ५ का २६ वर्र्षीय अर्जुन दनुवार र सोही ठाउँका २४ वर्षीय रमेश खत्री पक्राउ परेको इप्रका कटारीका डिएसपी महेन्द्र श्रेष्ठले बताए।


ADVERTISEMENT

# # #


उनीहरूको साथबाट डाइजोपाम २० ट्याबलेट, डेलेस डिसी ७ बोतल, स्पाग्मो प्रोसिभम ८ ट्याब्लेट बरामत गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । साँझ ६ः३० बजे पक्राउ परेका सशस्त्र जवान आफैँ कारोबारी हुन् या कारोबारीको समूहमा सँगै रहेका कारण पक्राउ परेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -आजको नागरिकबाट